अकबरे खुर्सानीमा ग्यास्ट्रिक देखि क्यान्सर सम्मको रोग निको बनाउने औषधीय गुण,कसरी प्रयोग गर्ने त्?

0 13

नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो। अकबरे खुर्सानीकाे बास्ना याद गर्नुहोस् त । पक्कै पनि मुखबाट पानी आयो होला । विशेष गरी अरु खुर्सानी तरकारी वा खानाका परिकारलाई मिठो र स्वादिलो बनाउन प्रयोग गरे पनि अकबरे चाहिँ टोकेर नै खाउँ है भन्ने धेरैको धारणा हुन्छ नेपाली समाजमा अकबरे खुर्सानीलाई ग्यास्ट्रीकको दबाई पनि भनेर चिनिन्छ खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ । खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ। नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ । यसका फाइदाहरूका बारेमा जानौँ । १. नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ । २. श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ । ३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ ४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ । ५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ। ६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न मदत गर्दछ । ७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ । ८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ । ९. थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ । १०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ । ११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ । १२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ । १४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ । १५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ। अत्यधिक खुर्सानी सेवनका असर पनि छन् . खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ । १. खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ । २. धेरै खुर्सानी खाँदा क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ । ३. अत्यधिक खुर्सानी सेवनले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्राे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् । साथै, खुर्सानीको सेवनले कतिपयलाई पसिना आउने, जिब्रो पोल्ने हुन सक्छ यस्ताे बेलामा बिचार पर्याउनु हाेला ।