ककनी गाउँपालिका LISA कार्यविधि २०७७ अन्तर्गत आ.व. २०७९/०८० मा प्रथम स्थान हासिल

0 15

नुवाकोट जिल्लाको ककनी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि, २०७७ अन्तर्गत आ.व. २०७९/०८० मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर मूल्याङ्कनपछि, जिल्लामा रहेका १२ स्थानिय तहहरूमध्ये ककनीले यो सम्मान प्राप्त गरेको हो।

यस अवसरमा आयोजित आ.व. २०८०/०८१ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा ककनी गाउँपालिकालाई विशेष सम्मान प्रदान गरिएको छ। प्रमुख अतिथि, पूर्व अर्थमन्त्री हित बहादुर तामाङ, प्रतिनिधि सभा सदस्य माननीय रमेश कुमार महत, र प्रदेश सभा सदस्य माननीय राम प्रसाद ढुङ्गानाको उपस्थितिमा ककनी गाउँपालिकालाई स-धन्यवाद कदर पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले ककनी गाउँपालिकाको संस्थागत प्रगति र उच्च कार्यसम्पादनको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट परिणामहरूको अपेक्षा राखेका थिए। LISA कार्यविधिका प्रतिस्पर्धात्मक सूचकहरूले स्थानीय तहहरूको तुलनात्मक विश्लेषणलाई प्रोत्साहन गर्ने भएकाले, यसले विकास, सुशासन, र संस्थागत क्षमतामा थप सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।