जन प्रजातान्री पार्टी नेपालले गर्यो दुइ राष्ट्रिय खेलाडी दावा गुरुङ र बिजय कुमार बस्नेतलाइ सम्मान
गौरव शाली पार्टी इतिहासीक पार्टी जनताको पार्टी जन प्रजातान्रीक पार्टी नेपालमा १०५ जनाले पार्टी प्रवेश गरेका छन् । सनिवार गोकणेश्वर नगरपालीका वडा नं ६ सान्भी होटलमा भएको एक कार्यक्रममा पार्टीमा प्रवेश गरेका १०५ जना सदस्यलाई सम्मान गरिरको थियो । साथै २०५६ मा सम्पन्न ८औ सार्फ च्याम्पियन सिपमा ३१ वटा स्वर्ण पदक दिलाउन सफल राष्ट्रिय खेलाडी दावा गुरुङ र बिजय कुमार बस्नेतलाइ पनि बिशेस सम्मान गरिएको थियो ।

जन प्रजातान्री पार्टी नेपाल मा १०५ जानाले गरे पार्टी प्रवेस, मिसन ८४ को महासग्राममा पुराना पार्टीलाई परास्त गर्ने पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मराज उपाध्ययको अठोट समेत गरेका छन् ।
उत्त पार्टी प्रवेश तथा सम्मान कार्यक्रका बिच गरिव तथा जेहेन्दार बिध्यार्थीहरुको लागी शैक्षिक सामाग्री वितरण गरिएको थियो । पार्टीका अध्यक्ष तेज बहादुर वस्नेतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा ओलम्पीक कमिटीका उपाध्यक्ष ,नेपाल सितोरिया कराते संघका अध्यक्ष नेपाल कराते महासंघका महासचिव ढावा गुरुंग , नेपाल कराते महासंघका सल्लाहकार तथा नेपाल सितोरीयो कराते का कार्यकारी सदस्य विजय कुमार वस्नेत , युवा नेता विश्वास तामांग , केन्द्रीय सचिव दिपक वस्नेत , महासचिव निर व वस्नेत , साथै सामाजिक अभियन्ता नरनाथ गौतम लगायतका बिशिश्ट अतिथिहरु सहभागी थिए । आगामी दिनमा पार्टीलाई शसक्त ढंगले अगाडी बढाउदै देशका कुनाकुनामा संगठन बनाउदै ७७ जिल्लामै पार्टी स्थापना गर्ने र मिसन ८४ को महासग्राममा पुराना पार्टीलाई परास्त गर्ने पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मराज उपाध्ययले अठोट ब्यक्त गरेका छन् ।साथै बिध्मान पार्टीहरुको अकर्मनीयताको सिन्डीकेट तोड्दै यस पार्टीले विकास र समवृदिको विगुल फुक्ने उदघोस गरेका छन् ।
