नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ

0 3

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रो गाडीमा १३ यात्रु र चालक थिए। पहिरोमा पुरिएको गाडीबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको छ। हालसम्म चालक रमेश लुइँटेल, सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान भएको छ।