नुवाकोट क्षेत्र नम्बर १ का नेकपा एमाले अध्यक्ष शुशिल खड्का: संघर्षपूर्ण राजनीति र सामाजिक सेवामा समर्पित ब्याक्तिव

0 39

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७, शिखरवेशी निवासी शुशिल खड्काले सानै उमेरदेखि समाजसेवा र राजनीतिमा चासो राख्दै आएका थिए। उनले आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु गरेका थिए, जहाँ उनी २०४८ सालदेखि सक्रिय रहेका थिए। तर, स्थानीय निर्वाचनको केही समय अघि उनले नेपाली कांग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरे।

खड्काले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नुवाकोट क्षेत्र नम्बर १, प्रदेश क का सभापति पदमा निर्वाचित हुँदै पार्टीभित्र राम्रो प्रभाव कायम गरेका थिए। उनले पार्टीभित्रको केसी समूहको प्रभावलाई कमजोर बनाउँदै राजनीतिक रूपमा उचाइ हासिल गरेका थिए। कांग्रेसमा लामो समयसम्म योगदान पुर्‍याए पनि पार्टीभित्र अन्यायको सामना गर्नुपरेको र आफ्ना साथीहरूलाई पनि अन्याय भएको महसुस गरेपछि खड्काले अन्ततः कांग्रेस परित्याग गर्दै एमालेमा जाने निर्णय गरेका थिए।
खड्काले नेकपा एमाले प्रवेश गर्दा एक दर्जनभन्दा बढी नेताहरुलाई पनि साथमा ल्याएका थिए। कांग्रेसले दुप्चेश्वर गाउँपालिकाका योगिन्द्रसिंह लामाङलाई टिकट नदिएपछि खड्काले तामाङसहितका नेताहरूसँगै एमालेमा प्रवेश गरेका थिए। यद्यपि, लामाङ पछि पुनः कांग्रेसमा फर्किएर सक्रिय भए पनि खड्का एमालेमा आफ्नो ठाउँ बनाउँदै अझै प्रभावकारी भूमिकामा सक्रिय छन्।
खड्काको सामाजिक सेवा र परोपकारी कामले स्थानीय समुदायमा गहिरो प्रभाव पारेको छ। “सानालाई माया र ठुलालाई सम्मान” भन्ने नारासहित उनले गरेका विविध सामाजिक कार्यहरूले सबैको मन जितिरहेको छ। खड्काको कार्यशैली र उनीबाट प्रभावित हुने व्यक्तित्वका कारण उनले बालकदेखि वृद्धसम्म सबै उमेरका व्यक्तिको सम्मान पाएका छन्। समाज सेवाको माध्यमबाट जनताको साथ र समर्थन प्राप्त गर्दै उनी अब नेकपा एमालेको मुख्य नेतृत्वको भूमिकामा छन्।
खड्का आफ्ना हजुरबुवाबाट प्रेरित भएर राजनीतिमा आएका हुन् भन्ने उनको भनाइ छ। उनी राजनीतिलाई सेवा र सामाजिक उत्तरदायित्वका रूपमा हेर्दछन् र आगामी दिनमा नुवाकोटका जनतालाई साथ दिँदै विकास र समृद्धिमा योगदान पुर्‍याउने योजना बनाएका छन्।
पार्टीका लागि महत्वपूर्ण भूमिकामा रहेका खड्काले नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेको नेतृत्वलाई बलियो बनाउने र सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्। उनको राजनीतिक संघर्ष र सामाजिक सेवाको प्रेरणादायी यात्रा आगामी दिनमा पार्टी र समाजको लागि मूल्यवान योगदान हुने विश्वास गरिएको छ।