पर्यटन र व्यापारिक विकासमा विदेशी लगानी र क्षेत्रीय सहकार्य आवश्यक : गोलाम फारुक मजनु

0 72

माल्दिभ्सको राजधानी मालेमै आयोजित “इन्टरनेशनल आइकोनिक एक्सिलेन्स अवार्ड २०२५” कार्यक्रममा दक्षिण एशियाका २४ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
साउथ एशियन बिजनेस पार्टनरशिप र एशियन बिजनेस पार्टनरशिप समिटको संयुक्त आयोजना अन्तर्गत सम्पन्न कार्यक्रममा अध्यक्षता गर्दै गोलाम फारुक मजनुले दक्षिण एशियाली पर्यटन र व्यापारमा दीर्घकालीन योजना, वैदेशिक लगानी नीतिको सुधार, र आपसी सहकार्यको आवश्यकता रहेको बताए।
प्रमुख अतिथिका रूपमा माल्दिभ्स सरकारका मन्त्रीहरू, बंगलादेशका कार्यवाहक राजदूत, व्यापारिक क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न देशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो।
समारोहको अन्त्यमा नेपाल, भारत, बंगलादेश र माल्दिभ्सका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
गोलाम फारुक मजनुले फिलिस्तिनी मुस्लिमहरूका लागि प्रार्थना गर्दै मानवता र सहकार्यको सन्देश पनि दिएका थिए।