गोकर्णेश्वरमा तीज विशेष तथा सम्मान कार्यक्रम सम्पन्न
गोकर्णेश्वर नगरपालिका भित्र उन्नति जागरण महिला समूहको आयोजनामा तीज विशेष तथा सम्मान कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता रविना पौडेल धमलाले गर्नुभएको थियो भने बागमती प्रदेश अर्थ समिति सभापति माननीय सन्तोष चालिसे प्रमुख अतिथि रहनुभएको थियो।
तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न वडाका वडा प्रतिनिधि, महिला समूहका पदाधिकारी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा महिलाहरूको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो। साथै, तीजको सांस्कृतिक महत्व र महिलाको भूमिकाबारे पनि अतिथिहरूले मन्तव्य राखेका थिए।


