सिरुबारी नासा र समाजसेवी गुरुङ डाक्टरबीच पहिलो भेटघाट सम्पन्न

0 42

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–स्थित सिरुबारी मा मिति १३/०२/२०२६ का दिन सिरुबारी नासा (NASA) र चर्चित समाजसेवी गुरुङ डाक्टरबीच पहिलो औपचारिक भेटघाट सम्पन्न भएको छ।

उक्त भेटघाटमा स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका विविध विषयमा छलफल गरिएको थियो। समाजसेवी गुरुङ डाक्टरले समुदायको समग्र उत्थानका लागि सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सिरुबारी नासाका प्रतिनिधिहरूले संस्थाले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरूबारे जानकारी गराउँदै समाजसेवीसँग सहकार्य गर्न इच्छुक रहेको बताए। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।