अत्यधिक गर्मी बढेपछि वीरगन्जका विद्यालयहरू दुई दिनका लागि बन्द …
वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर असोज ८ र ९ गते विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। पर्सा र बारा लगायत मध्यतराईका जिल्लामा तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ। सोमबार पर्साकै पोखरियामा गर्मीले ८ जना छात्राहरू बेहोश भएका थिए। अभिभावकहरूले विद्यालयमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए।