रियल हिरो : गृहमन्त्रीले बचा उँन सकिएन भनेकालाइ ज्या नको बा जी थापेर यसरि ब चाए ..
आखिर को हुन उनि ?
नख्खु खोला किनारमा बसेका ४३ वर्षीय राजु साह, उनकी ६ वर्षीया छोरी मेघना साह, २२ वर्षीय राज साह, र ४ वर्षीया शेर्तु साह टहराको छतमा बसेका थिए। बाढीले टहरो भत्काएपछि उनीहरु खोलामा बगे।
चणिकलाल तामाङ, जो काभ्रेका एक पेन्टर हुन्, नख्खु खोला किनारमा हिँड्दै गर्दा सहायता मागिएको आवाज सुनेर बाढीमा हाम फाले। उनले राजु साह र उनकी छोरी मेघनालाई करिब ३ सय मिटर तलबाट उद्धार गर्न सफल भए।
बचेका दुईजनालाई नेपाल प्रहरीका पूर्व डीआईजी अशोक सिंहले पाटन अस्पताल पुर्याएका थिए। गृहमन्त्री रमेश लेखकले भने हेलिकप्टरमार्फत उद्धार गर्न भिजिबिलिटीको समस्या रहेको बताए।
चणिकलालको साहसी प्रयासले दुईजनाको जीवन बचाउन सम्भव भएको छ, तर ४ वर्षीया शेर्तु साह र अन्य केही व्यक्ति अझै वेपत्ता छन्।
सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्नगयो, ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए ।
सुगम बस्ती टोल नजिकै नख्खु खोला किनारमा एउटा टहरो थियो । टोलसुधार समितिका अध्यक्ष केसीका अनुसार टहरोमा ग्रिल कारखाना र कवाड सामान राख्ने गरिएको थियो ।
उक्त क्षेत्रमा बस्ने व्यक्तिहरु आ–आफ्नो सामान सार्दै पारि तर्दै थिए । उनीहरुले पनि स्थानीयका सामानहरु सार्न सहयोग गर्दै थिए । त्यही बेला खोला बढ्न गयो । रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए ।
करिब १० मिनेट जति उनीहरु जस्ताको टहरोमाथि बसेका थिए । दुई बच्चा र दुई युवक गरी चार जना टहरामाथि चढेर उद्धारको याचना गर्दै थिए ।
बीच खोलामा चार जना फसेका थिए भने वारिपारि स्थानीयहरु थुप्रिएका थिए । त्यति नै बेला बाढीले टहरो भत्काएपछि चारै जना बगे । उनीहरु निसहाय भएर बाढीमा बग्न थाले । ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त भएन ।
तर त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए ।
राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।
नख्खुमा डुबेका एक युवकले एउटा हातले छातीमा आफ्नो बच्चा च्यापेका थिए । अर्को हातले पौडिँदै थिए । त्यही बेला खोलाको छालले पनि उनीहरुलाई किनारतर्फ फाल्यो । चणिकलाललाई उद्धार गर्न सजिलो पनि भयो ।
मुस्किलले हेलिँदाहेलिँदै किनार नजिक आइपुगेपछि आफू पनि खोलामा पसेर उनीहरुको उद्धार गर्न सफल bhaya । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताए । अनि पालैपालो पेटमा थिचे, जहाँबाट बाढीमा खाएको पानी निकाल्न सकियोस् ।
त्यसपछि बल्ल होसमा आएका राजुले बाढीमा आफ्नो अर्को बच्चा बगेको भन्दै गुहार मागे ।
उद्दार गरिएका उनीहरु दुई जनालाई नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह आफ्नो गाडीमा हालेर पाटन अस्पताल पुर्याएका थिए । उद्धार गरिएपछि घाइतेलाई उपचारका लागि पाटन अस्पताल पुर्याएँ । त्यहाँ अर्का व्यक्ति पनि उपचाररत भेटिए ।’
यसरी टहरोबाट बेपत्ता भएका चार जना मध्ये दुई जनालाई चणिकलालले उद्धार गरेका थिए । भने अर्का एक जना आफैं पौडिएर निस्केको पाइएको छ । यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि टहरोबाट बगेको भनिएका मध्ये तीन जनाको उद्धार भएको र अहिले पाटन अस्पतालमा उपचाररत भएको बताए ।
राजुका भाइ २२ वर्षीय राज साह पौडेर बाँच्न सफल भएका छन् । राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह भने वेपत्ता छिन् ।
प्रहरीका अनुसार यही ठाउँमा ओखलढुंगा घर भएका ४० वर्षीय देवराज कार्की पनि बगेर वेपत्ता भएका छन् ।
शुक्रबारदेखिको निरन्तर वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन क्षति पुर्याएपछि गृहमन्त्री रमेश लेखकले बैठक समेत बोलाएका थिए । शनिबार बिहान साढे १० बजे सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकमा मन्त्री लेखले नख्खु नदि छेउमा रहेकाहरुलाई बचान नसकिएको बचाएका थिए ।
भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत उनीहरुलाई उद्दार गर्न नसकिएको उनले बताएका थिए । ‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दा–गर्दै पनि बचाउन सकेनौं । हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं’, लेखकले भनेका थिए ।
गृहमन्त्रीले बचाउन सकिएन भनेर दुःखमनाउ गरिरहेका बेला यता काभ्रेको एउटा गाउँबाट काठमाडौंमा मजदुरी गरिरहेका चणिकलालले भने दुईजनालाई सकुशल उद्धार गरिसकेका थिए ।
You sent
खोलामै हाम फालेर २ जनाको ज्यान जोगाउने चनिक तामाङ भन्नुहुन्छ, “म गाउमा हुँदा सुनकोशीमा पौडी खेल्ने बानी भएको हुनाले मलाई बचाउँन सकिन्छ भन्ने हिम्मत आयो र मानवताको नाताले म सिधै खोलामा हाम फालेँ र २ जनालाई बचाउन सफल पनि भएँ।